डोल्पामा बाढीले बगाउँदा एकजना महिलाको मृत्यु

आइतबार, असार २१, २०८३

डोल्पा । डोल्पामा बाढीले बगाउँदा एकजना महिलाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा शनिबार राति आएको बाढीले बगाउँदा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विककाे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षासँगै धुलाखोला तथा आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो ।

बाढीमा परेर घाइते भएकी आनन्दीको उद्धार गरी उपचारको क्रममा स्वास्थ्य चौकीमा लैजाँदा गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए ।

उक्त बाढीमा परी अन्य ६ जना घाइते भएका छन् । बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा थप उद्धार र राहतको कार्य जारी रहेको प्रहरीले जनाएको छ । अनलाइनखबर

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  १०:४६
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार