भेनेजुएला भूकम्पमा मृतक संख्या १० हजार नाघ्न सक्ने प्रारम्भिक अनुमान

बिहीबार, असार ११, २०८३

काठमाडौं l भेनेजुएलामा आएको दुई भूकम्प मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने बताइएको छ।  भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मृत्यु हुनेको संख्या १० हजार नाघ्ने सम्भावना ४४ प्रतिशत रहेको छ।

भूकम्पले ठूलो मात्रामा जनधनको क्षति पुगेको छ । सरकारले देशमा आपतकालको घोषणा गरेको छ। भूकम्पमा हजारौं मानिसको मृत्यु भएको आशंका गर्दै आपतकाल घोषणा गरिएको हो। 

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकालको घोषणा गरेकी हुन्।

सम्बोधनको क्रममा उनीसँगै गृहमन्त्री र राष्ट्रियसभाका प्रमुख र उनका भाइ जर्ज रोड्रिगेज पनि थिए। राष्ट्रपतिले राहत र उद्धार कार्यको निरीक्षण गर्न एक जनरललाई तोकेको समाचारमा उल्लेख छ।

 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १२:४९
प्रतिक्रिया दिनुहोस्