सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आज (शुक्रबार) बिहान तालिम गर्दागर्दै बेहोस भएका ७ जवानमध्ये ६ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षार्थी तालिमका क्रममा बेहोस भएका ६ जनालाई थप उपचारका लागि आज दिउँसो १:४५ बजे नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँ पठाइएको हो।
यसअघि उनीहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको हो।
आज बिहान टीकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका ७ जना बेहोस भएका थिए। अर्का १ जनाको अवस्था भने सामान्य रहेको डीएसपी थापाले बताए।