धादिङमा भूकम्पको धक्का महसुस

बिहीबार, वैशाख २४, २०८३

काठमाडौं । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा लोकविजय अधिकारीले राससलाई बताए । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १३:०८
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार