सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा काठमाडौँको बानेश्वरदेखि माइतीघरसम्म प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा नेपालका विभिन्न सञ्चार माध्यम तथा सम्बद्ध संघ संस्थामा कार्यरत सञ्चारकर्मीको उपस्थिति रहेको थियो । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।
आज संसारभर प्रेस स्वतन्त्रताको महत्त्वका बारेमा चर्चा गरिँदै छ । नेपालमा पनि यस दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।