सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ । हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको बताए ।
‘अरू केही विवरण आएको छैन, हेलिकप्टरमा पाइलटसहित ५ जना सवार हुनुहुन्थ्यो,’ उनले भने, ‘टेलिफोन सम्पर्कसमेत नहुने क्षेत्र भएकाले अरु विवरण प्राप्त हुन सकेको छैन ।’
नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको हो । उता रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भने घटनाबारे बुझ्ने काम भइरहेको बताए । ‘माथिल्लो क्षेत्रमा रहेका नेपाली सेना र प्रहरीसँग घटनाबारे बुझ्ने काम भइरहेको छ । अरु केही सूचना प्राप्त भएको छैन,’ उनले भने । अनलाइनखबर