सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न अत्याधुनिक 'वाइफाइ ६' प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको हो।
आजको डिजिटल युगमा घरभित्र धेरै उपकरणहरू एकैसाथ चलाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यो प्रविधि डिजाइन गरिएको छ। पुरानो प्रविधिको तुलनामा ४ गुणा बढी कार्यक्षमता प्रदान गर्ने भएकाले यसले लेटेन्सीलाई न्युनतम स्तरमा झार्दछ। फलस्वरूप, घरमा एकै समयमा धेरै व्यक्तिले मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसको काम गर्दा पनि कुनै प्राविधिक कठिनाइ महसुस हुनेछैन।
भायानेटले ग्राहकहरूका लागि २५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका उच्च गतिको 'वाइफाइ ६' प्याकेजहरू उपलब्ध गराएको छ। जसमध्ये २५० एमबीपीएस गतिको वार्षिक योजना मात्र १३ हजार ८०० (भ्याट सहित) रुपैयाँमा प्राप्त गर्न सकिनेछ। यस आकर्षक अफरअन्तर्गत वार्षिक ग्राहक बन्नेहरूले थप १ महिनाको इन्टरनेट सेवा नि:शुल्क प्राप्त गर्नेछन्।
साथै, घरभरि समान रूपमा इन्टरनेट सिग्नल पुर्याउन कम्पनीले ३ हजार ५०० (भ्याटसहित) रुपैयाँमा 'वाइफाइ ६ मेस' राउटरको विकल्प पनि अघि सारेको छ। साधारण राउटरले बाक्लो भित्ता वा ठुलो क्षेत्रफल भएका घरका सबै भागमा सिग्नल पुर्याउन नसक्ने समस्यालाई यस मेस सिस्टमले समाधान गर्नेछ।
पुराना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै भायानेटले अपग्रेड प्रक्रियालाई निकै सहज र किफायती बनाएको छ। विद्यमान प्रयोगकर्ताले मात्र रु. ५०० को न्यून शुल्कमा आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयूमा परिवर्तन गर्न सक्नेछन्। यस सहुलियतले नयाँ पुस्ताको इन्टरनेट प्रविधिमा पहुँच बनाउन सबैलाई सहज हुने कम्पनीको विश्वास छ।
४के भिडियो स्ट्रिमिङदेखि बिना रोकावटको अनलाइन गेमसम्म, आधुनिक घरका हरेक मागलाई भायानेट वाइफाइ ६ ले सहजै पुरा गर्ने सामर्थ्य राख्छ। यस सेवाका बारेमा थप जानकारी लिन वा जडान गर्न इच्छुक ग्राहकले ०१-५९७०६४४ मा सम्पर्क गर्न वा नजिकैको भायानेट कार्यालयमा भ्रमण गर्न सक्ने कम्पनीले जनाएको छ।