सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
दाङ । हावाहुरीका कारण विद्युत सर्ट हुँदा दाङको लमहीमा नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनमा आगलागी भएको छ । लमहीस्थित १३२ केभी क्षमताको सबस्टेशन दिउँसो करिब साढे १ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।
सब स्टेसनको कन्ट्रोल हाउसमा आगलागी भएपनि धेरै ठुलो क्षति हुन नपाएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । समयमै दमकल पुगेकाले सहजै आगो निभाइएको र धेरै क्षति हुन नपाएको लमही प्रहरीले जानकारी दियो ।