सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं l गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न भागमा तीव्र हावाहुरी, भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमान अनुसार चैत ६ गते शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना छ।
त्यसैगरी, दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा शनिबारदेखि पूर्वी क्षेत्रका विराटनगर, धरान र धनकुटा आसपास का जिल्लामा झण्डै ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाहुरी चल्ने चेतावनी दिइएको छ।
रुख ढल्ने र घरका छाना उड्ने
कमजोर संरचनामा क्षति
विद्युत तथा सञ्चार सेवा अवरुद्ध
सवारी दुर्घटनाको जोखिम
मानवीय क्षति (मृत्यु/घाइते)
पछिल्ला केही दिन यस्तै हावाहुरीका घटनामा परेर मानवीय क्षति समेत भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गर्दै भनेको छ—
अत्यावश्यक काम बाहेक यात्रा नगर्नु
हावाहुरी चल्दा घरभित्रै सुरक्षित रहनु
झ्यालढोका राम्रोसँग बन्द गर्नु
आगोका स्रोतहरू बन्द गर्नु
सवारी चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकिनु
भीडभाडमा नआत्तिनु, सुरक्षित स्थानतर्फ विस्तारै सर्नु
अग्ला रुख, बिजुलीका खम्बा र तारमुनि नबस्नु
लत्रिएको बिजुलीको तार नछुनु
हावाहुरीका बेला विद्युतीय उपकरण प्रयोग नगर्नु
जोखिमयुक्त स्थानबाट टाढा रहनु
प्राधिकरणले मौसम पूर्वानुमान नियमित रूपमा हेर्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।