महिला हत्याको आरोपमा एक जना बाँकेमा पक्राउ

मंगलबार, चैत ३, २०८२

बाँके ।  बाँकेको बैजनाथ गाउँपालिका–५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम थारू रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

वादविवादको क्रमममा सितारामले धारिलो हतियार हँसिया प्रहार गर्दा भगवनीको घटनास्थलमै मृत्यु भएको खबर प्रहरीले प्राप्त गरेको थियो ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्