सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका-४ सहानमा रहेको (भैँसीको मासु प्रशोधन उद्योग) हिमालयन फुड कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा ७ जना घाइते भएका छन् ।
घाइते हुनेमा दुईजना नेपाली र पाँचजना चिनियाँ कामदार छन् । जिल्लाकै मरिण गाउँपालिका-६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ । उदयपुरको कटारी नगरपालिका-१२ बस्ने २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार हिमालयन फुड कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरू ३८ वर्षीय नागरिक मिस्टर याङ, ४५ वर्षीय याङ हाईबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी घाइते छन् ।
उनीहरूको कान, टाउको, हात, छाती, मुखमा चोट लागेको र हाल मरिणकै प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।
मरिण गाउँपालिका-६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालेको विषयलाई लिएर विवाद सुरू भएको थियो । सिन्धुली प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।
-रासस