११ पुरुष र छ महिलाको घटनास्थमै मृत्यु, उद्धार सकियो

सोमबार, फागुन ११, २०८२

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा दुई विदेशीसहित १७ जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को  बस त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो ।

तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।

दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ । जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए । रासस 

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्