jumla 7 jumla 7
jumla 7 jumla 7
कृषि हाटवजार

शिवालय गाउँपालिकामा प्रत्येक महिनाको १५ गते र मसान्तमा हाटबजार

शुक्रबार, फागुन ४, २०८०

फागुन ४, जाजरकोट । शिवालय गाउँपालिकाले किसानहरुको उत्पादन कृषि जन्य बालीबस्तुको बजारीकरणमा पहुँच पु¥याउने उदेश्यका साथ हाटबजार संचालन गरेको छ । उदघाटनको दिन किसानहरुको उपस्थितिले उर्जा थपेको र आगामी दिनमा ब्यबस्थित र चलायमान हुने गाउँपालिका कृषि विकास शाखाले बताएको छ  ।

naumule

अन्तरक्रिया गोष्ठीमा सहभागी हुने कृषि बिकास कार्यालय जाजरकोट प्रमुख महेश आचार्य, कृषि  तरकारी बजार ब्यबस्थापन सुर्खेत अध्यक्ष टोपेन्द्र जङ्ग शाही, बजार ब्यबस्थापन प्रमुख किशोर राष्कोटी, पत्रकार महासंघ केन्द्रिय सदस्य दीपेन्द्र शर्मा, प्रेश युनियन जिल्ला शाखा जाजरकोट अध्यक्ष वासुदेव शर्मा लगायत अन्तरक्रिया गोष्ठीमा सहभागी जनप्रतिनिधि, कर्मचारी,बुद्धिजीवी, संघ संस्था, स्थानीय ब्यापारी, उपभोक्ता  लगायत सबैलाई कृषि शाखाले विशेष धन्यवाद दिएको छ ।

अब देखि प्रत्येक महिनाको १५ गते र मसान्तमा हाटबजार संचालन हुने बताइएको छ । सबैको सल्लाह सुझाव र रचनात्मक प्रेरणाको अपेक्षा पनि गरेको कृषि शाखाको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्