सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बाँके l जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न समयमा भारतबाट अवैध रूपमा भन्सार छली भित्र्याइएका लत्ता कपडा, खाद्यान्न सामग्री, बीउ-बिजन, फेस क्रिम, ल्वाङ लगायतका सामानहरू बरामद गरेको छ। बरामद सामानको अनुमानित मूल्य ५ लाख २२ हजार ४८० रुपैयाँ रहेको छ।
प्रहरीका अनुसार बाँके जिल्लाका विभिन्न स्थानहरूबाट तस्करी गरी ल्याइएका यी सामानहरू नियन्त्रणमा लिइएको हो। बरामद गरिएका सामानहरूमा मुख्य रूपमा लत्ता कपडा, खाद्यान्नका विभिन्न वस्तुहरू, बीउ-बिजन, फेस क्रिम र ल्वाङ जस्ता दैनिक उपभोग्य तथा व्यावसायिक सामग्रीहरू समावेश छन्।
जिल्ला प्रहरी कार्यालय नेपालगञ्जका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यी सामानहरूलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको छ।
नेपाल–भारत सीमा क्षेत्रमा भन्सार छली तस्करीका गतिविधिहरू निरन्तर भइरहेको र प्रहरीले यसविरुद्ध कडा निगरानी तथा कारबाही गरिरहेको बताएको छ।
प्रहरीले यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिहरूको सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ। थप अनुसन्धान जारी रहेको छ।