सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बाँके । बाँकेको खजुरामा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ । नेपालगन्ज गुलरिया हुलाकी सडक अन्तर्गत खजुराबजार स्थित पेडारी नालाको पुलमाथि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थललाई बिहानैबाट नेपाली सेनाले नियन्त्रणमा लिएर अनुसनधान थालेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए । उनका अनुसार घटनास्थलमा कुनै पर्चा वा जिम्मेवारी लिउको सामाग्री फेला परेको छैन ।
‘पुरानो पुलमाथि कुकर जस्तो देखिने वस्तु फेला परेको छ, सेनाले डिस्पोज गरेपछि के वस्तु हो थाहा होला ।’ डीएसपी पातलीलले भने ।